काठमाडौँ । अफ्रिकाका दुई देशले अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार मलावी र जाम्बियाका नागरिकले अमेरिकाको भिसा लिन सुरुमै १५ हजार डलर धरौटी राख्नुपर्ने भएको हो ।
टुरिस्ट र बिजनेश भिसामा अमेरिका जाने र नफर्किनेहरु बढेपछि अमेरिकाले मलावी र जाम्बियाका नागरिकलाई टुरिस्ट र बिजनेश भिसा लिँदा १५ हजार धरौटी अनिवार्य गरेको छ ।
मलावी र जाम्बियाबाहेक अन्य देशका नागरिकका लागि पनि अमेरिका भिसा लिन धरौटी अनिवार्य गर्ने तयारी गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भ्रमणको अवधि सकिएसँगै धरौटी रकम भने फिर्ता गरिनेछ ।
यसो त अमेरिकाले जाम्बियाका ११ प्रतिशत नागरिक अवैध रुपमा अमेरिकाका बस्दै आएको भेटाएको थियो । सोही प्रवृत्तिको अन्त्यका लागि यस्तो नियम लागू गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्