काठमाडौँ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-५ भारती डिप्लोका युवा परम्परागत जातको डल्ले खुर्सानीको खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् ।
पाँच वर्षअघि स्थानीय युवा वीरजित तामाङले डल्ले खुर्सानीको व्यावसायिक खेतीको सुरुआत गरेका थिए । उनले गरेको खुर्सानीखेती फस्टाएपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खुर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५० प्रतिशत अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङले बताए ।
उक्त अनुदान पाएसँगै हेलम्बु-५ का विभिन्न टोलमा त्यहाँका युवाहरुले व्यावसायिक डल्ले खुर्सानीखेती विस्तार गरेको व्यवसायी वीरजितले बताए । वीरजितले मात्रै तीन हजार खुर्सानीका बोट लगाएका छन् । खुर्सानीबाट गत साल रु पाँच लाखभन्दा माथि आम्दानी गरेको उनले बताए ।
‘गत वर्ष असिनाले गर्दा अलि कम भयो यस वर्ष त्योभन्दा बढी आम्दानी हुन्छ’, वीरजितले भने । उनका अनुसार हेलम्बु-५ का विभिन्न टोलमा गरी त्यहाँका युवा किसानले १५ हजारभन्दा माथि खुर्सानीका बोट हुर्काएका छन् । सोही गाउँको खर्पुजे, प्रम्ची डाँडालगायत स्थानमा लगाइएको व्यावसायिक डल्ले खुर्सानीखेतीबाट यस वर्ष ५० लाखभन्दा माथि आम्दानी हुने अपेक्षा गरेको अर्का व्यवसायी वीरमान तामाङले बताए ।
उनी जस्तै पारित, सन्ज्या र बुद्धि तामाङलगायत युवाहरुले यो व्यवसाय गरेका छन् । डल्ले खुर्सानी औषधिजन्य भएको हुनाले स्थानीयस्तरमै बिक्री हुने र बढी भएको मात्र काठमाडौँसम्म लैजाने गरेको व्यवसायी वीरमानले बताए ।
गाउँपालिकाको कृषि शाखाद्वारा ५० प्रतिशत अनुदानमा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत उक्त वडामा आधुनिक खेती गर्न प्रयोग गरिने मल्चिङ प्लाष्टिक पाएसँगै त्यहाँका युवा किसान डल्ले खुर्सानीखेतीमा आकर्षित हुँदै आएका कृषि शाखाका प्रमुख भूपेन्द्र वलीले बताए । गाउँपालिकाको कृषि शाखाले डल्ले खुर्सानी व्यवसाय गर्ने किसानलाई मल्चिङ प्लाष्टिक र प्राविधिक सहयोग गरेको उनले जानकारी दिए ।
नुवाकोट र सिन्धुपाल्चोकको सिमाना पर्ने गोल्फु भञ्ज्याङ नजिक रहेको हेलम्बुको ‘भारती डिप्लोमा’ गाउँ समुद्री सतहदेखि एक हजार ८०० मिटर उचाइमा रहेको छ । गाउँभन्दा माथि दुई हजार ४०० मिटर उचाइ रहेको लेकमा लटरम्म स्याउ फलेको देख्न सकिन्छ भने तल गाउँमा पाखोबारीमा किसानले लगाएको डल्ले खुर्सानीको हराभरा देख्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्