काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि झण्डै १० अर्ब रुपैयाँ निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ अनुसार चालु आर्थिक वर्षका लागि ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको हो ।
‘चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रिस्तरीय निर्णय भएको छ ।’, अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि रकम निकासा गरेसँगै अब बैंक तथा वित्तीय संस्थाहरुको झण्डै दुई वर्षदेखिको दायित्व फर्छ्यौट हुनेछ । अर्कोतर्फ सहुलियतपूर्ण कर्जा प्रवाहले पनि गति लिने अपेक्षा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्