×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भिजिट भिसामार्फत ४० हजार नेपाली महिला कुवेतमा बेचिए’- सांसद विष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘भिजिट भिसामार्फत ४० हजार नेपाली महिला कुवेतमा बेचिए’- सांसद विष्ट

Artha Sarokar

१६ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले यस्तो बताएका हुन् । 

उनले भिजिट भिसामार्फत कुवेत लगेर झन्डै ४० हजार महिला बेचिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

भिजिट भिसामा अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने गरेको देखिएको पनि सांसद विष्टले बताएका छन । यसरी कुवेत पुगेकाहरु अहिले एउटै घरमा बन्धकको रुपमा रहेको र उद्धारको माग गरिरहेको सांसद विष्टले बताएका छन् ।

त्यस्तै, उनले सरकार र गृह मन्त्रालयले यसबारेमा स्पष्ट पार्नुपर्ने भन्दै सदनमा सरकारको जवाफ समेत मागेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी