Skip to content
LAXMI SUNRISE BANK

थपिए ५ मन्त्री, भोलि सपथ

अर्थ सरोकार

प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीहरू नियुक्त गर्न राष्ट्रपति समक्ष पाँच जनाको नाम सिफारिस गरेकी छिन्।

आफ्नो समूहसँग गरिएको गहन छलफलपछि उनले पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, वरिष्ठ पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र राज्य पुनर्संरचना आयोगका तत्कालीन संयोजक डा. मदन परियारलाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सिफारिस भएका मन्त्रीहरूको औपचारिक नियुक्ति र शपथ ग्रहण कार्यक्रम भने भोलि हुने राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK