काठमाडौँ । गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा नख्खु कारागार, ललितपुरमा भएको तोडफोड, आक्रमण र आगजनीका कारण एक हजार २८० जना कैदीबन्दी भागेका थिए ।
फरार कैदीमध्येमा हालसम्म पाँच सय ८७ जना स्वेच्छाले कारागारमा फर्किएका छन् भने केही देशका विभिन्न कारागारमा पुनःस्थापित भएका छन् । अझै ६५१ जना फरार कैदी नख्खु कारागार प्रशासनले सूचनामार्फत फर्कन आह्वान गरे पनि फर्किएका छैनन् ।
कारागार व्यवस्थापन विभागले फरार रहेका सबै कैदीबन्दीलाई स्वेच्छाले फर्कनका लागि असोज २० गते सोमबारसम्मको समय दिएको छ । तोकिएको समयसीमाभित्र नफर्किए कारागार ऐन, २०७९ अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने कारागार व्यवस्थापन विभागले जनाएको छ ।
विभागले फरार कैदीलाई खोजी गर्न तथा फिर्ता ल्याउन सहयोग पु¥याउन कैदीबन्दीका परिवारजन, स्थानीय तह, सुरक्षा निकाय, सञ्चार माध्यम र अन्य सरोकारवाला निकायसँग सहकार्यका लागि आग्रह गरेको छ । फरार कैदीहरूले तोकिएको म्यादभित्र आफैंँ नजिकको प्रहरी कार्यालय, कारागार वा सम्बन्धित निकायमा सम्पर्क गरेर आत्मसमर्पण गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्