×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक संजाल प्रतिबन्धपछि सरकारसँग वृद्धवृद्धाहरु पनि रिसाउन थाले, ‘फेसबुकमा नातिनी आउँथी, अव आउँदिन ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सामाजिक संजाल प्रतिबन्धपछि सरकारसँग वृद्धवृद्धाहरु पनि रिसाउन थाले, ‘फेसबुकमा नातिनी आउँथी, अव आउँदिन ?’

Artha Sarokar

२० भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ कोटेश्वर बस्ने जमुनादेवी पराजुलीकी नातिनी अष्ट्रेलिया छिन् । बिहीबार बेलुकी नातिनीसँग कुरा गर्दा कुरा उठ्यो, ‘अब नेपालमा मेसेन्जर चल्दैन, फेसबुक पनि चल्दैन । भाइबर डाउनलोड गर्नू ।’

७४ वर्षीया पराजुलीलाई भाइबर भन्ने थाहा नै थिएन । उनलाई मेसेन्जर पनि थाहा छैन । मेसेन्जरबाट गरिने भिडियो कललाई उनी फेसबुकबाट कुरा गरेको भन्छिन् । तर फेसबुक र मेसेन्जर नै नचल्ने भएपछि अहिले उनलाई नातिनीसँग कुरा हुन नसक्ने हो कि भन्ने चिन्ता छ ।

यतिमात्र होइन, फेसबुकमा उनी नातिनीका फोटाहरु हेर्थिन् । उनलाई लागेको छ, सरकारले यो सब बन्द गरेर बुडाबुडीलाई दुख दियो । ‘भत्ता पनि नदिने हल्ला गर्थे, अहिले फेसबुक बन्द गर्ने रे । यो सरकारले बस्न खान नदिने भयो ।’ उनी सुनाउँछिन् ।

सरकारले सूचीकरणमा नआउँदा फेसबुक बन्द भएकोबारे उनको तर्क फरक छ । ‘सरकारले भन्ने बित्तिकै विदेशी नेपालमा आउँछ । हाम्रो मन्त्रीको खटनपटनमा फेसबुक बस्छ त ?’ उनी सोध्छिन् । अहिले उनलाई एउटै प्रश्नले पिरोलेको छ- ‘फेसबुकमा नातिनी आउँथी, अव आउँदिन ?’ 

पराजुली त प्रतिनिधि पात्र मात्र हुन् । अहिले धेरै वृद्धवृद्धालाई फेसबुक बन्द हुने खबरले पिरोलेको छ । दशैं आउनै लाग्दा धेरैले विदेशमा हुने आफन्तलाई सामाजिक संजालमार्फत नै खुसी बाँड्थे, तर त्यो रंग हराउने भएको छ । यही पीरमा वृद्धवृद्धाहरू छन् ।

सरकारले भने सूचीकरणमा नआएको भन्दै फेसबुक, मेसेन्जर, युट्युब लगायतका प्लेटफर्म बन्द गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइसकेको छ । यसअघि सरकारले टिकटक बन्द गरेर पछि खोलेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी