Skip to content
LAXMI SUNRISE BANK

डिशहोम र मेलुङ थकालीबीच सम्झौता, ग्राहकले भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट पाउने

अर्थ सरोकार

काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत ‘मेलुङ थकाली’ सँग साझेदारी गरेको छ । यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउने भएका छन् ।

मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन् । नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिनेछ ।

अफर विवरण:

-थकाली परिकारमा १० प्रतिशत छुट

-केवल माइ डिशहोम एप मार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध

छुट लिनका लागि:

१.  माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने

२. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग-इन गर्ने

३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्ने

४. मेलुङ थकालीमा यो कार्ड देखाएर छुट प्राप्त गर्ने

यस साझेदारीलाई औपचारिकता दिने क्रममा मेलुङ थकालीका सह-संस्थापक बसन्त लामा, डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जनबीच एमओयूमा हस्ताक्षर गरिएको छ ।

‘यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,’ डिशहोमका सीईओ तारा मानन्धरले भने ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK