Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंक र नमस्ते पब्लिक हस्पिटलबीच सम्झौता, ग्राहकहरुलाई २० प्रतिशतसम्म छुट

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंकले झापा, दमक स्थित नमस्ते पब्लिक हस्पिटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त नमस्ते पब्लिक हस्पिटलमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेशका प्रमुख खिमलाल भुसाल र नमस्ते पब्लिक हस्पिटलका तर्फबाट अध्यक्ष कुबेर भट्टराईले हस्ताक्षर गरेका हुन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK