काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका सबै फाइल सुरक्षित रहेको पाइएको छ । जेनजी आन्दोलनका क्रममा अख्तियारको भवनसँगै सबै भौतिक संरचना जलेर ध्वस्त भए पनि भ्रष्टाचारका सबै फाइल भने सुरक्षित रहेको पाइएको हो ।
आन्दोलनका क्रममा टंगालस्थित आयोगको प्रधान कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।
सो आगजनी र तोडफोडबाट आयोगको भौतिक संरचना ध्वस्त भएको थियो । आगजनीबाट आयोगमा रहेका विभिन्न कागजपत्र, विद्युतीय सामाग्रीहरु जलेर नष्ट भएका थिए । सोही क्रममा आयोगमा रहेका भ्रष्टाचार फाइल पनि जलेको आशंका गरिएको थियो ।
तर, आयोगमा रहेका भ्रष्टाचार सबै फाइल सुरक्षित रहेको पाइएको छ । त्यसबाहेक ७४ वटा मोटरसाइकल, १७ वटा जिप, कार र भ्यान, ३ वटा बस जलेर पूर्णरुपमा क्षति भएको छ। त्यस्तै पुस्तकालय, प्रशासन महाशाखा पनि जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्