काठमाडौँ । पछिल्लो समय भिजिट भिसामा बेलायत गएर उतै लुक्ने नेपालीहरु बढेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसरी भिजिट भिसामा बेलायत पुगेर लुक्नेहरुको संख्या लाखौँ छ ।
तर, घुम्न भन्दै भिजिट भिसामा बेलायत गएर लुक्ने नेपालीको संख्या कति छ ? भन्ने ठ्याक्कै तथ्यांक कतै छैन । यद्यपि घुम्न भन्दै बेलायत पुगेर नफर्किने बरु उतै लुकेर बस्ने नेपालीको संख्या हजारौँ रहेको बताइएको छ ।
यसो त हाल विभिन्न एजेन्टहरुले भिजिट भिसामा नेपालीहरुलाई बेलायत पठाउने काम गर्दै आएका छन् । यसरी बेलायत पुर्याएबापत उनीहरुले प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म लिने गरेको पनि पाइएको छ । ती एजेन्टहरुले २५ लाख रुपैयाँ लिएर नेपालीहरुलाई ६ महिनाका लागि भिजिट भिसामा बेलायत पठाउने गर्छन् ।
तर, बेलायत पुगिसकेपछि भिजिट भिसाको अवधि सकिएपछि पनि उनीहरु अवैध रुपमा बेलायतमै बस्ने गरेको खुलेको छ । नेपाली मात्र नभएर बेलायतमा अन्य मुलुकका नागरिक पनि भिजिट भिसामा गएर उतै लुक्ने गरेको बेलायती रिपोर्टले पुष्टि गरेको छ । यसरी बेलायतमा अवैध आप्रवासीको संख्या बढेपछि बेलायतले अवैध आप्रवासीलाई देश निकाला गर्ने तयारी गरेको छ । हाल बेलायतमा विभिन्न राजनीतिक दलहरुले अवैध आप्रवासीलाई देश निकाला गर्ने विषयलाई चुनावी एजेन्डा नै बनाउन थालेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्