काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा यात्रुवाहक तथा मालवाहक सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।
महासंघले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारी दमनका कारण १९ जना विद्यार्थीको ज्यान गएको र देशभर कर्फ्यू आदेश जारी भई जनजीवन ठप्प परेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने निर्णय गरिएको महासंघले स्पष्ट पारेको छ।
घटनामा ज्यान गुमाउने विद्यार्थीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, घाइतेहरूको उपचार व्यवस्थाका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरिएको छ। यसका साथै महासंघले आफ्ना सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरूलाई पनि उपचारमा सक्दो सहयोग गर्न आह्वान गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा काठमाडौँ उपत्यकासहित देशभर सार्वजनिक यातायात सञ्चालन असहज हुने परिस्थिति बनेको जनाउँदै शान्ति सुरक्षाको भरपर्दो वातावरण सुनिश्चित नभएसम्म कुनै पनि प्रकारको यात्रुवाहक वा मालवाहक सवारी साधन सञ्चालन नगर्न सम्पूर्ण सदस्यहरूलाई आग्रह गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्