Skip to content
LAXMI SUNRISE BANK

बालेनले भने-‘संयमित हुनु, संसद् विघटन हुनुपर्छ’

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले जेनजीहरुलाई संयमित हुनु आग्रह गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेख्दै  जेनजीहरुलाई संयमित हुनु आग्रह गरेका हुन् ।
यस्तो छ बालेनको फेसबुक पोस्ट:
हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK