×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरि घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फेरि घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?

Artha Sarokar

३१ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर घटाएका छन् । नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले भदौको तुलनामा ब्याजदर ०.११ प्रतिशतले घटाएका हुन् ।

भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशत कायम भएको छ । २० वाणिज्य बैंकमध्ये ८ वटा बैंकले ब्याजदर घटाएका छन् भने १० वटा बैंकले यथावत राखेका छन् । बाँकी २ वटाले भने ब्याजदर बढाएका छन् ।

असोजमा कृषि विकास बैंकले ०.१८ प्रतिशत, एनआइसी एशिया बैंकले ०.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, नेपाल बैंकले ०.१५ प्रतिशत, कुमारी बैंकले ०.२ प्रतिशत, नेपाल एसबिआई बैंकले ०.२७ प्रतिशत र एभरेष्ट बैंकले ०.५० प्रतिशतले ब्याजदर घटाएका छन् ।

स्ट्याण्डर्ड चार्टड बैंकले ०.०५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.२५ प्रतिशत, प्रभु बैंकले ५.३५ प्रतिशत, नबिल बैंकले ५.५ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, माछापुच्छे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.५ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले ५.५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी