Skip to content
LAXMI SUNRISE BANK

‘अब संयमित हुनुहोला’- बालेन

अर्थ सरोकार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले प्रदर्शनमा संलग्न ‘जेनजी पुस्ता’लाई संयमित रहन अपिल गरेका छन्।

महानगर प्रमुख बालेनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सोमबारदेखि मुलुकभर सुरु भएको आन्दोलन ‘जेनजी पुस्ता’को भएको स्पष्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकाले प्रदर्शनकारीलाई संयमित रहन आग्रह गरेका हुन्।

उनले सामाजिक सञ्जालमा भने, ‘देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो, अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ, तयार रहनुहोला’,

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK