काठमाडौँ । मुक्तिनाथ फाउण्डेशनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन गरिएको कम्पनीले जनाएको छ । सो कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने उक्त कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि., रोयल सहकारी लि. विन्द्यवासिनी म्यूजिक प्रा.लिको समेतको सहभागिता र समन्वयमा सम्पन्न भएको हो ।
यसअघि संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ । बागमती सरसफाई कार्यक्रममा सहभागिता, विश्व बातावरण दिवसको अवसरमा टोखा नगरपािलका लगायत देशका विभिन्न स्थानमा वृक्षारोण कार्यक्रम, बृद्धबृद्धाहरुलाई सम्मान तथा उनीहरुलाई आवश्यक खाद्य सामाग्रीहरुको वितरण लगायतका सामाजिक कार्यहरु गरिसकेको जनाएको छ ।
मुक्तिनाथ फाउण्डेशन सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने संस्था हो । मिति २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्य भित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्