×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स ब्रोकरले बुटवलमा २ दिने अन्तरक्रिया गर्दै, बजारबारे सिकाइने, डिम्याट र टिएमएस खाता निःशुल्क खोलिदिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिटिजन्स ब्रोकरले बुटवलमा २ दिने अन्तरक्रिया गर्दै, बजारबारे सिकाइने, डिम्याट र टिएमएस खाता निःशुल्क खोलिदिने

Artha Sarokar

९ आश्विन २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स ब्रोकर (ब्रोकर नम्बर ९१)ले सेयर बजार सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । ब्रोकरले असोज ९ र १० गते बुटवलस्थित आफ्नो शाखा कार्यालयमा अन्तरक्रिया गर्ने भएको हो । 

उक्त अन्तरक्रिया कार्यक्रममा बुटवल क्षेत्रका सेयर लगानीकर्ताको उपस्थिति रहने बताइएको छ । अन्तरक्रियामा मुलुकमा देखिएका विषम परिस्थितिमा पूँजी बजारले देखाउने प्रतिक्रिया र त्यसको प्रभाव, विगतका अनुभव र सिकाइ, भविष्यका योजना तथा रणनिति र प्राविधिक सूचकहरुका आधारमा सेयर बजारको अध्ययन र विश्लेषणसहितले छलफल गरिनेछ ।

लगानीकर्तालाई पूँजी बजारसम्बन्धी अद्यावधिक जानकारी प्रदान गर्नुका साथै व्यवहारिक ज्ञान प्रदान गर्ने र भविष्यका लागि पूँजी बजारमा गर्ने लगानीसम्बन्धी स्पष्ट दृष्टिकोण र रणनीति बनाउन मद्दत पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ब्रोकरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनिष अर्यालले बताएका छन् ।

यसो त सिटिजन्स ब्रोकरले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम भने होइन । ब्रोकरले यसअघि पनि थुप्रैपटक लगानीकर्ताको हित र बजारप्रतिको विश्वासलाई सुदृढ बनाउन यस्ता अन्तरक्रिया कार्यक्रमहरु निरन्तर गर्दै आएको छ । बुटवलमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुने लगानीकर्ताहरुले ब्रोकर नम्बर ९१ मा डिम्याट, मेरो सेयरसँगै टिएमएस खाता खोल्दा निःशुल्क सेवा दिइने पनि ब्रोकरले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी