Skip to content
LAXMI SUNRISE BANK

‘बस र सिनेमाको टिकट जसरी नागरिकता दिनुहुन्न’- प्रेम सुवाल

अर्थ सरोकार

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको नागरिकता बसको टिकट जसरी दिन नहुने बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नागरिकता सम्बन्धी विधेयकको दोस्रो संशोधनले राम्रो मात्रै होला भन्न नसकिने बताएका छन् । 

उनले खुला सीमाना भएको देश नेपालमा जन्मको आधारमा मात्र नागरिकता दिनुपर्ने विषयमा जोड दिएका छन् । देशको खुला सीमानाको समस्या समाधान नगरेसम्म नागरिकता सम्बन्धी समस्या समाधान नहुने सुवालको भनाई छ । उनले गैरआवासीय नेपाली नागरिकताको बारेमा पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

‘नेपालको नागरिकता बस र सिनेमाको टिकट जस्तै जो सुकैलाई सजिलै दिन हुँदैन ।’, उनले भने, ‘नेपालका आन्दोलनलाई भारतीय शासक वर्गको सहयोग भएको भन्दैमा खुला सीमाना भएको देशमा जन्मको आधारमा नेपाली नागरिकता दिनुपर्ने कानून चाहिन्छ ।’

त्यस्तै, सांसद सुवालले व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र उद्योग व्यापारसमेतका लागि वंशजका आधारमा नेपाली नागरिकता आवश्यक हुने व्यवस्था गर्नुपर्ने जिकिर गरेका छन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK