×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेसको दशैँ तिहार लक्षित उपहार योजना सार्वजनिक, हरेक हप्ता एक जनाले १ लाख पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिटी एक्सप्रेसको दशैँ तिहार लक्षित उपहार योजना सार्वजनिक, हरेक हप्ता एक जनाले १ लाख पाउने

Artha Sarokar

१६ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ‘यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ उपहार योजना घोषणा गरेको छ । कम्पनीले ९ हप्तासम्म चल्ने उक्त उपहार योजना सार्वजनिक गरेको हो ।

उपहार योजना घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक हप्ता १ जनालाई रु १ लाख र हरेक दिन सबैलाई सिटी पे बाट क्यासब्याक पाउने योजनामा रहेको छ ।
कम्पनीका अनुसार यो अफर भाद्र १६ देखी कार्तिक १५ गते सम्म लागू हुनेछ ।

उक्त अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी