Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा लफडाः अध्यक्ष र सिइओ १३ घण्टा कार्यकक्षमै थुनिए

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भाँडभैलो हुँदा कर्मचारीले नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई १३ घण्टासम्म कोठाभित्रै थुनेको पाइएको छ । कर्मचारीले अध्यक्ष हेमन्त बस्याल र सिइओ चुडामणि चापागाईंलाई मंगलबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म कोठाभित्रै थुनेको पाइएको हो । 

अध्यक्ष र सिइओसँग विवाद चर्किएपछि आक्रोशित नेप्सेका कर्मचारीले अध्यक्ष र सिइओलाई भित्रै थुनेर कार्यकक्षमा ताला लगाएका थिए ।

विगत पाँच वर्षदेखि अड्किएको बोनस सम्बन्धी विवाद अदालतबाट निरुपण भए पनि सञ्चालक समिति त्यसको विरुद्धमा उभिएपछि कर्मचारी आक्रोशित बनेका थिए । सोही विषयमा कर्मचारी र नेप्सेका अध्यक्ष र सिइओबीच विवाद सुरु भएको थियो ।

तर, विवाद झन बढेपछि र माग सम्बोधन नहुने देखेपछि कर्मचारीले सिइओ र अध्यक्षलाई कार्यकक्षमै थुनिदिएको नेप्सेका एक कर्मचारीले बताएका छन् । ती कर्मचारीका अनुसार उनीहरुलाई बिहान ११ बजेदेखि राति १२ बजेसम्म कार्यकक्षभित्रै थुनिएको थियो । तर, पछि प्रहरी पुगेपछि उनीहरुलाई कार्यकक्षबाट निकालिएको थियो ।

त्यसपछि कर्मचारी, अध्यक्ष र सिइओबीच मौखिक रुपमा माग पूरा गर्ने सहमति भएपछि छोडिएको नेप्सेका कर्मचारीको भनाई छ । उनीहरुले सिइओ र अध्यक्षको राजिनामा समेत मागेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK