काठमाडौँ । सहकारी पीडितहरूको संस्था सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)ले शहीद जेन्जी पार्क निर्माण गर्न माग गरेको छ । भदौ २३ गते नयाँ बानेश्वर स्थित संसद भवन अगाडि प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका युवाहरूको शालिक निर्माण गरी तिनकुनेको खुला चौरलाई सहित जेनजी पार्क बनाउन महासंघले माग गरेको हो ।
महासंघका अध्यक्ष कुशलब केसीले चक्रपथ परिक्रमा गर्नेगरी शहिदहरूको शव यात्रा निकाल्नुपर्ने, तिनकुनेलाई औपचारिक रूपमा ‘सहिद जेन्जी पार्क’ घोषणा गरी सालिक निर्माण स्थलको शिलान्यास पश्चात् मात्र अन्त्येष्टि गर्नुपर्ने माग गरिएको जानकारी दिए ।
शहीदहरूको सम्मान तथा सहिदका परिवार र घाइतेहरूलाई उचित व्यवस्थापनका लागि खबरदारी गर्दै आइतबार दिउँसो १ बजे दबाबमूलक र्याली निकाल्न लागिएको उनको भनाइ छ । महाराजगञ्जस्थित महासङ्घको कार्यालयदेखि तिनकुने हुँदै बालुवाटारस्थित प्रधानमन्त्रीको निवाससम्म प्रतिकात्मक शवसहित दबावमूलक खबरदारी र्याली निकालिने अध्यक्ष केसीले बताएका छन् ।
महासङ्घले जारी गरेको मागपत्रमा हरेक राष्ट्रपति तथा प्रधानमन्त्रीले शपथ ग्रहणपछि अनिवार्य रूपमा जेनजी शहिदहरूको सालिकमा माल्यार्पण गर्ने व्यवस्था मिलाउनुपर्ने, सहिदका परिवारलाई स्वास्थ्य, शिक्षा र आवाससहित जीवनयापनका लागि आवश्यक व्यवस्थापन सरकारले गरिदिनुपर्ने लगायतका माग उल्लेख गरिएको छ । त्यस्तै, आन्दोलनमा घाइते भएका युवाहरूलाई राष्ट्रिय सम्मान दिने व्यवस्था मिलाउनुपर्ने, सहिदका परिवार तथा घाइते र सहकारी पीडितलाई संसद् तथा सरकारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि महासंघले राखेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्