Skip to content
LAXMI SUNRISE BANK

बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू जारी, सरकारले सहन सकेन जेनजीको जोश !

अर्थ सरोकार

काठमाडौँ । जेनजी संसद भवनभित्र प्रवेश गरेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो । सिडिओ छवि रिजालले कर्फ्यू जारी भइसकेको पुष्टी गरेका छन् ।

गृहमन्त्री रमेश लेखकको परामर्शमा कर्फ्यु जारी भएको हो । प्रशासन कार्यालयका अनुसार मध्यान्ह साढे १२ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी भएको छ ।

नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी भएको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK