काठमाडौँ । भायानेटले यस वर्षको दशैँलाई लक्षित गर्दै नयाँ तथा पुराना दुबै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । प्रत्येक वर्ष दशैँमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको जनाएको हो ।
यो दशैँमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउने भएका हुन् । यस अफर अन्तर्गत तीन हजार पर्ने मेस राउटर ५ सय छुटसहित २५ सयमा उपलब्ध हुनेछ । त्यस्तै, रु. १०,७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित रु. ८,२९९ मा पाइनेछ ।
साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी रु. २७,९९९ मा किन्न सकिनेछ । रु. ८,४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले PromoCode VIA300 रु. ३०० क्यासब्याक पाउनेछन्।
साथै, ग्राहकहरूले “Spin the Wheel” मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ । उक्त स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिनेछ ।