×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा क्षतिको आँकलन गरिँदैः नेपाल टेलिकममा तीन करोड बराबरको नोक्सानी, राजश्व कार्यालय ध्वस्त !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पर्सामा क्षतिको आँकलन गरिँदैः नेपाल टेलिकममा तीन करोड बराबरको नोक्सानी, राजश्व कार्यालय ध्वस्त !

Artha Sarokar

३० भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गतहप्ताको आन्दोलनबाट वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगञ्जको कार्यालयमा तोडफोड र आगजनीबाट रु तीन करोड बराबरको क्षति भएको छ ।

यही भदौ २४ गतेको आन्दोलनको भीडकोे सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो । नेपाल टेलिकम वीरगञ्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिमकको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्वपूर्ण उपकरणमा करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको जानकारी दिएका छन् ।

‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन् ।’, उनले भने, ‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ ।

‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन् ।’, उनले भने, ‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शीता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु । मुचुल्का तयार पर्दा श्रव्यदृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु ।’

यहाँको वीरगञ्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी