Skip to content
LAXMI SUNRISE BANK

सुरु भयो दशैँ तिहारलक्षित सहुलियत पसल, कुन-कुन सामानमा पाइन्छ छुट ? (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । सरकारले दशैँ तिहारलक्षित सहुलियत पसल सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट सहुलियत पसल सुरु भएको हो ।

भाद्र २३, २४ गते भएको जेनजी आन्दोलन र त्यसको प्रभावका कारण यस वर्ष भने कम्पनीले तामझाम बिना नै बिक्री वितरण सुरु गरेको हो ।

अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले जानकारी दिइन् ।

चामल, गहुँ, दाल र केराउमा प्रतिकेजी ५ रुपैयाँ, चिनीमा प्रतिकेजी ५ रुपैयाँ, चिउरा, आटा, पिठो, धनियाँ, मसलहरु र तेलमा ७ रुपैयाँ सम्म छुट दिएको छ । त्यस्तै, सिमी, फापर, चिनो, कागुनो, उवा, मार्सी र बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK