Skip to content
LAXMI SUNRISE BANK

देउवाको सचिवालयले भन्यो ‘पानी ट्यांकीलाई पैसा राख्ने सुरुङ भनियो’

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जेनजी आन्दोलनको क्रममा सभापतिको निवासमा पैसा राख्ने सुरुङ्ग नभएको दाबी गेरको छ । सामाजिक संजालमा देउवाको घरमा पैसा राख्ने सुरुङनै भएको दाबी आए पछि सचिवालयले सोको खण्डन गरेको हो ।
सचिवालयले निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जाल र युट्युबमार्फत “देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू परिसरमा जताततै भेटिएको, पैसाको सुरुङ रहेको” जस्ता समाचार प्रवाह हुनु आपराधिक घटनालाई राजनीतिकरण गर्ने नियत रहेको दाबी समेत गरेको छ ।

सचिवालयले विशेष गरी निवासभित्र रहेको अन्डर ग्राउन्ड ट्याङ्कीलाई पैसाको सुरुङ भनेर अफवाह फैलाइएकोप्रति आपत्ति जनाउँदै त्यसलाई सामान्य पानी ट्याङ्की भएको  दाबी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK