काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा राजेश हमाल मन्त्री हुने चर्चा चलेको छ । हमाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने चर्चा सुरु भएको हो ।
यसो त हाल परराष्ट्रमन्त्रीको नाम टुंगो लगाउने विषयमा प्रधानमन्त्रीले आफ्नो टिमसँग र मन्त्रीहरुसँग पनि छलफल गरिरहेकी छिन् ।
छलफलका क्रममा केहीले परराष्ट्रमन्त्रीमा राजेश हमालको नाम लिएपछि हाल हमाल मन्त्री बन्ने चर्चा चलेको हो । हमालका बुवा स्व. चुडाबहादुर हमाल राजदूत भइसकेका व्यक्ति हुन् । कूटनीतिक परिवारबाट प्रतिनिधित्व गर्ने र धेरैले मन पराउने भएकाले पनि हमालको परराष्ट्रमन्त्रीमा हमालको चर्चा चलेको हो ।
यद्यपि हमाललाई नै परराष्ट्र मन्त्री बनाउने विषय टुंगो लागिसकेको छैन । हाल उनी अस्ट्रेलियामा छन् ।