Skip to content
LAXMI SUNRISE BANK

जेनजीको आन्दोलनमा दुर्गा प्रसाईं पनि जाने

अर्थ सरोकार

काठमाडौँ । जेनजीको आन्दोलनमा दुर्गा प्रसाईं पनि सहभागी हुने भएका छन् । ८ सेप्टेम्बर मिति तोकेर जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनमा प्रसाईं पनि सहभागी हुने भएका हुन् । 

जेनजीको आन्दोलन ८ सेप्टेम्बर (भदौ २३ गते) काठमाडौँको माइतीघर मण्डला र संसद् भवन अगाडि हुनेछ । 

हाल सामाजिक सञ्जालमा उक्त आन्दोलनको व्यापक चर्चा छ । उक्त आन्दोलनको नेतृत्व नयाँ पुस्ताले लिने घोषणा गरिएको छ । आन्दोलनमा कलाकारदेखि राजनीतिक दलहरुलेसमेत समर्थन गरेका छन् । 

यो आन्दोलनमा नितान्त जेनजी अर्थात नयाँ पुस्ता सहभागी हुने भनिएको छ । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि जेनजी पुस्ताले यो आन्दोलनको घोषणा गरेका हुन् । हाल टिकटक लगायतका सामाजिक सञ्जालमा यो जेनजी आन्दोलनको चर्चा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK