×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुसित थानी हिमालयन रिर्सोटले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दुसित थानी हिमालयन रिर्सोटले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

Artha Sarokar

१८ भाद्र २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दुसित थानी हिमालयन रिर्सोटले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।

रिसोर्टले आईपीओ जारी गर्नका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा दुसित थानी हिमालयन रिर्सोटको तर्फबात अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड) को प्राथमिक सेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । उक्त समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिती रहेको थियो ।

सन् २०२३ को चौथो त्रैमासिकदेखि सञ्चालनमा आएको दुसित थानी हिमालयन रिर्सोट काभ्रेपलाञ्चोकस्थित पात्लेखेत, धुलिखेलमा अवस्थित प्रसिद्ध थाई होटल ब्रान्ड दुसित इन्टरनेशनलको प्रमुख लक्जरी रिसोर्ट हो ।

हिमालय र उपत्यकाको मनोरम दृश्यसहितको पहाडको शिरमा रहेको दुसित थानी हिमालयन रिर्सोट अन्तराष्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा निर्मित छ । दुसित थानीले नेपालसहित विभिन्न १८ वटा देशमा आतिथ्य सेवा प्रदान गर्दै आइरहेको छ र नेपालमा दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड) ले यसको प्रतिनिधित्व गरेको छ ।

राजधानी काठमाडौंबाट करिब ३८ कि.मि. मा रहेको दुसित थानी हिमालयन रिर्सोटमा शान्तपूर्ण तथा रमणीय वातावरणमा विभिन्न संघ-संस्थाले आफ्नो सम्मेलन, सेमिनार तथा कार्यक्रम पनि गर्ने गरेका छन् ।

सिटिजन्स क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी