×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ महिनाभित्र रिजल्ट सार्वजनिक गर्न विश्वविद्यालयलाई शिक्षामन्त्रीको निर्देशन, नगरे अनुदान रोक्ने चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

३ महिनाभित्र रिजल्ट सार्वजनिक गर्न विश्वविद्यालयलाई शिक्षामन्त्रीको निर्देशन, नगरे अनुदान रोक्ने चेतावनी

Artha Sarokar

८ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले बढीमा तीन महिनाभित्र परीक्षाफल सार्वजनिक गर्न विश्वविद्यालयहरुलाई निर्देशन दिएका छन् । 

उनले केही विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि एक वर्षसम्म लगाउने गरेको भन्दै विश्वविद्यालयहरुलाई परीक्षा लिएको बढीमा तीन महिनाभित्र अनिवार्य रुपमा परीक्षाफल सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

परीक्षाफल ढिलो सार्वजनिक हुँदा त्यसले विद्यार्थीलाई क्षति पुग्ने गरेको बताउँदै त्यसो नगर्न पुनले निर्देशन दिएका छन् । समयमै परीक्षाफल सार्वजनिक नगरे विश्वविद्यालयले पाउँदै आएको अनुदान रोक्ने पुनले चेतावनीसमेत दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी