नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई बस्नका लागि सरकारी क्वाटर आवश्यक नपर्ने बताएका छन्। पदभार ग्रहण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिएका हुन्।
पुनले भने, “मेरो बानी जहाँ काम गर्छु त्यहीँ बस्ने हो। एउटा कोठा बनाउनुस्, मन्त्रालयमै बस्छु। कुर्सी चाहिन्छ, किचन चाहिन्छ। आफैं पकाएर खान्छु।”
उनले आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि जानकारी गराए। “यो पद सम्हालेपछि आविष्कार केन्द्रमा रहनु उचित हुँदैन, त्यसैले राजीनामा दिइसकेँ,” पुनले भने।
सुरक्षाबारे पत्रकारले उठाएको प्रश्नमा पनि उनले साधारण शैलीमा जवाफ दिए। “मलाई सुरक्षा चाहिँदैन। सेवा सुविधाअन्तर्गत एउटा पुलिस र एउटा आर्मी तोकिएको रहेछ, तर म यही मन्त्रालयमै बस्छु भने पछि उनीहरुलाई पछिपछि आउनु पर्दैन भनेर कमाण्डरहरुलाई रिपोर्ट गर्न भनेको छु,” उनले स्पष्ट पारे।
मन्त्रालयको गाडी भने उनले औपचारिक कार्यका लागि मात्र प्रयोग गर्ने बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्