काठमाडौँ । शिक्षामन्त्री महावीर पुन पोखरा पुगेका छन् । उनी बिना सुरक्षा पोखरा पुगेका हुन् ।
पुन सोमबार बिहान मन्त्रालयबाट निस्किएका थिए । उनी काठमाडौँ अन्तराष्ट्रिय विमानस्थल हुँदै जहाजमा पोखरा गएका थिए ।
पुन सुरक्षाकर्मी नै नलिइ पोखरा गएको मन्त्रालयका एक अधिकारीले बताएका छन् । उनी सर्वसाधारण नागरिक जसरी नै ट्याक्सी चढेर घर गएका छन् ।