Skip to content
LAXMI SUNRISE BANK

कात्तिकसम्म मतदाता नामावली दर्ता खुलाउन निर्वाचन आयोगको प्रस्ताव, जेनजीले भोट हाल्न पाउने !

अर्थ सरोकार

काठमाडौँ । निर्वाचन आयोगले कात्तिकसम्म मतदाता नामावली दर्ता खुलाउन प्रस्ताव गरेको छ । आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता प्रक्रिया कात्तिकसम्म खुलाउन गृह मन्त्रालयलाई प्रस्ताव गरेको हो । 

हालको व्यवस्था अनुसार निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन । 

तर, आयोगले गरेको प्रस्तावमा मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ पछि उपदफा २ (क) थप गर्दै निर्वाचन आयोगले तोकेको दिनसम्म मतदाता नामावली दर्ता गर्न पाउने व्यवस्था गर्न भनिएको छ । 

आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा विघटन भएको विषम परिस्थितिमा मतदाता नामावली दर्ता कार्य फुकुवा गर्नुपर्ने भन्दै अध्यादेशमार्फत ऐनलाई संशोधन गर्न गृह मन्त्रालयलाई प्रस्ताव गरेको छ । आयोगको प्रस्तावमा आवश्यक छलफलपछि गृह मन्त्रालयले निर्णय गर्नेछ । मन्त्रालयको निर्णयपछि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेर ऐनलाई अध्यादेशका रुपमा पारित गरिनेछ ।

अध्यादेश जारी भएसँगै मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुनेछ । त्यसपछि हालसम्म मतदाता नामावलीमा दर्ता नभएका जेनजीहरुले पनि नाम दर्ता गरेर निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK