×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पहिलो कदम स्कटल्याण्ड’ स्थापना, विद्यार्थीको हित र श्रमिकको सुरक्षामा विशेष ध्यान दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘पहिलो कदम स्कटल्याण्ड’ स्थापना, विद्यार्थीको हित र श्रमिकको सुरक्षामा विशेष ध्यान दिने

Artha Sarokar

२० भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नयाँ र पुरानो पुस्ताबीचको दूरी कम गर्न पहिलो कदम स्कटल्याण्ड संगठनको स्थापना गरिएको छ । स्कटल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुले उक्त संगठनको स्थापना गरेका हुन् । 

पछिल्लो समय स्कटल्याण्डमा नेपालीहरुको संख्या बढ्दो छ । त्यहीबीच परम्परा र परिवर्तनबीचको अन्तर, सम्झना र आधुकिकताबीचको फरक खोज्नेहरु पनि त्यत्तिकै बढेका छन् । त्यसैमाथि विदेश भएकाले पनि स्वदेशको अनुभुति खोज्नेहरु हुने नै भए । यही कुरालाई ध्यानमा राख्दै स्कटल्याण्डमा बस्दै आएका नेपालीहरुले पहिलो कदम नामक संगठन स्थापना गरेका छन् । 

‘पहिलो कदम स्कटल्याण्ड’ युवाद्वारा, युवाका लागि खोलिएको युवाकै संगठन हो । उक्त संगठनले स्कटल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई बलियो, समावेशी र एकताबद्ध बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

त्यस्तै, चाडपर्व, कला, संगीत, भाषा, नृत्य र कथा-कहानीमार्फत नेपाली संस्कृति र परम्परालाई युवामाझ जोगाउने र प्रवद्र्धन गर्ने, स्कटल्याण्डमा रहेका नेपाली विद्यार्थीलाई शैक्षिक, सामाजिक र मानसिक चुनौती पार गर्न सहयोग गर्ने, सबै उमेर समूहबीच सहकार्य, सम्मान र आपसी सहयोगलाई प्रोत्साहन गरेर स्कटल्याण्डमा एकताबद्ध र मेलमिलापपूर्ण नेपाली समाज निर्माण गर्ने, संवाद, मार्गदर्शन र सांस्कृतिक आदानप्रदानका साझा अवसर सिर्जना गरेर पुरानो पुस्ता र नयाँ पुस्ताबीचको अन्तरघुलन बढाउने संगठनको उद्धेश्य रहेको बताइएको छ । 

उक्त संगठनले विशेष गरी अध्ययनका लागि स्कटल्याण्ड पुगेका विद्यार्थी र श्रमिकको हकहितका लागि विशेष काम गर्ने बताइएको छ । त्यस्तै, स्वयंसेवा, सांस्कृतिक शिक्षा र नेतृत्वका अवसर प्रदान गरेर युवालाई सक्षम बनाउने, ताकि उनीहरूले समुदायमा अर्थपूर्ण पहल अगाडि बढाउन सकून् र नेपाली र स्कटिश समुदायबीच सांस्कृतिक एकता र समझदारी प्रवर्द्धन गर्ने, र विविधतामा एकताको दूत बनेर पुलको भूमिका खेल्ने उद्देश्यले उक्त संगठन स्थापना गरिएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी