Skip to content
LAXMI SUNRISE BANK

फेसबुक र इन्स्टाले नेपालमा दर्ता हुन मानेनन्, अब के हुन्छ ?

अर्थ सरोकार

काठमाडौँ । फेसबुक र इन्स्टाग्रामले दर्ता हुन नेपालले गरेको आग्रह अस्वीकार गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पटकपटक दर्ता हुन आग्रह गर्दा पनि फेसबुक र इन्स्टाग्रामले दर्ता हुन नमानेका हुन् ।

सञ्चार मन्त्रालयका उच्च अधिकारीका अनुसार हालसम्म यी दुवै कम्पनी नेपालमा दर्ता हुने प्रक्रियामा आएका छैनन् ।

सरकारले मेटालाई नेपालमा दर्ता हुन दिएको म्यादको आज अन्तिम दिन हो । तर, अहिलेसम्म मेटा दर्ता हुने प्रक्रियामा नआएको मन्त्रालयका अधिकारीको भनाई छ । फेसबुक र इन्स्टाग्रामबाहेक अन्य सामाजिक सञ्जाल पनि दर्ता प्रक्रियामा सहभागी भएका छैनन् । 

हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बुज, वीटकओपोलाइट गरी पाँच प्लेटफर्म दर्ता भएका छन् । यी बाहेक अन्य सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा दर्ता भएका छैनन् । दर्ता नभएको खण्डमा के गर्ने ? भन्ने टुंगो लागिसकेको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK