Skip to content
LAXMI SUNRISE BANK

नेपालमा दर्ता भएको वीटकमा अर्थ सरोकारले पनि थाल्यो प्रसारण, सारांश एपमा पनि समाचार पढ्न पाइने !

अर्थ सरोकार

काठमाडौँ । नेपालमा दर्ता भएका सामाजिक संजालहरुमध्ये टिकटक र भाइबरमा दर्शक र पाठकको माया बटुलेको नेपालको आर्थिक डिजिटल पत्रिका अर्थ सरोकारले नेपालमा दर्ता भएको वीटकमा पनि प्रसारण सुरु गरेको छ । अर्थ सरोकारले बिहीबारबाटै वीटकमा प्रसारण सुरु गरेको हो । वीटकमा छोटा भिडियोहरु हेर्न सकिन्छ ।

यस्तै सोही कम्पनीले सुरुवात गरेको डिजिटल प्लेटफर्म सारांशका पनि अर्थ सरोकारका समाचार हेर्न सकिने भएको छ । बिहीबार सारांश र अर्थ सरोकारबीच सो सम्झौतामा हस्ताक्षर भएको छ ।

सारांशका तर्फबाट बिजनेश प्रमोसन अफिसर स्वेता नेपाल र अर्थ सरोकारका तर्फबाट चिफ अपरेशन अफिसर बेल्जिना कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  सारांश एपमा चर्चित मिडियाका समाचारको सारांश पढ्न मिल्ने व्यवस्था गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK