काठमाडौँ । फेसबुकले औपचारिक रुपमै नेपालमा कन्टेन्ट मनिटाइजेसन सुरु गरेपछि मनिटाइजेसनका नाममा ठगी गर्नेहरु बढेका छन् । पछिल्लो केही दिनयता सामाजिक सञ्जाल फेसबुकभरी फेसबुक मनिटाइजेसन सम्बन्धी पोष्ट र सामाग्री देखिन्छन् ।
मनिटाइजेसन सम्बन्धी अधिकांश पोष्ट ‘तपाईंको पेज मनिटाइजेसन भयो ?’, ‘मनिटाइजेसन गर्न यहाँ क्लिक गर्नुहोस्’ जस्ता आइरहेका हुन्छन् ।
तर, धेरैलाई त्यो फिसिङ लिंक हो भन्ने थाहा नै हुँदैन । आफ्नो पेज वा प्रोफाइल मनिटाइज हुने र फेसबुकले पैसा दिने भनेपछि धेरैले सहजै उक्त लिंकमा क्लिक गर्छन् । तर, ह्याकरले पठाएको उक्त लिंक क्लिक गर्नेबित्तिकै तपाईंको फोनको सम्पूर्ण विवरण ह्याकरको पहूँचमा पुग्छ र ह्याकरले सहजै तपाईंको बैंक खाता रित्तो पारिदिन सक्छन् ।
मनिटाइजेसन गर्ने भन्दै ठगी गर्ने अर्को गिरोह पनि अहिले सामाजिक सञ्जालमा सक्रिय छ । जसले सामाजिक सञ्जालमा केही पैसा लिने र फेसबुक मनिटाइज गर्ने भन्दै प्रचार गरिरहेका छन् । उनीहरुले सुरुमा तपाईंको फेसबुकको विवरण लिन्छन् । त्यसपछि मनिटाइज गर्ने भन्दै तपाईंको फेसबुक ह्याक गर्छन् र ब्ल्याकमेल गर्न सुरु गर्छन् । अझ कतिपयले त केही दिन तपाईंसँग मज्जाले कुरा गर्छन् र अन्ततः फिसिङ लिंक पठाएर क्लिक गर्न लगाएर तपाईंको फोन ह्याक गर्छन् ।
यसरी फेसबुकले नेपालमा औपचारिक रुपमा कन्टेन्ट मनिटाइजेसन सुरु गरेसँगै यस्ता गतिविधि बढेको प्रहरीले जनाएको छ । हाल मनिटाइजेसनका नाममा ठगिएको भन्दै प्रहरीमा उजुर दिने पनि बढेका छन् । त्यसतर्फ सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्