काठमाडौँ । अमेरिकी डिभी लट्रीको आवेदन दिँदा अबदेखि एक डलर शुल्क तिर्नुपर्ने भएको छ । अहिलेसम्म डिभी भर्दा कुनै शुल्क तिर्नुनपर्ने भए पनि अबदेखि भने फारम भर्दा एक डलर शुल्क तिर्नुपर्ने भएको हो ।
फारम भर्दा एक डलर शुल्क अनिवार्य तिनुपर्ने अमेरिकी विदेश मन्त्रालयले निर्णय गरेको छ ।
धोकाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमा वितरण गर्ने उद्देश्यले सबै आवेदकबाट एक डलर शुल्क लिने निर्णय गरिएको अमेरिकाको फेडरल रजिष्टरले जनाएको छ । यो नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुने बताइएको छ ।
डिभी लट्री सन् २०२५ को अक्टुबरदेखि खुल्दैछ । त्यस्तै, अमेरिकी विदेश मन्त्रालयले फारम भर्दा पासपोर्ट अनिवार्य चाहिने नियम भने यथावत् राखेको छ । त्यस्तै, डिभी परेपछि भिसा शुल्कबापत तिर्नुपर्ने ३३० डलर शुल्क पनि यथावत् राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्