×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जेनजी आन्दोलनले अर्थतन्त्रमा धक्का पुग्यो’- हेमराज ढकाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘जेनजी आन्दोलनले अर्थतन्त्रमा धक्का पुग्यो’- हेमराज ढकाल

Artha Sarokar

७ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनले आर्थिक रुपमा ठूलो क्षति पुगेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले मङ्गलवार आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक छलफल’ कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन् ।

उनले सार्वजनिक र निजी क्षेत्रको ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताए । जेनजी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित बनाएको बताएका छन् । यसबारे सरकारसँग कुरा गरेको र सरकारले प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

खरानी टकटक्याएर अगाडि बढे पनि फेरि यस्तै विध्वंश नहोला भन्न नसकिने उनको भनाई छ । उनले सरकारले लगानीकर्ता र व्यवसायको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने बताएका छन् । ‘सरकारले प्रोत्साहन गर्ने प्रतिवद्धता गरेको छ । अहिले हामी खरानी टकटक्याएर अगाडि त बढौँला तर फेरि यस्तै विध्वंश नहोला भन्ने के ग्यारेन्टी छ ।’, उनले भने, ‘फेरि यस्तै विध्वंश भयो भने के गर्ने ?’ 

त्यस्तै, उनले केही समयअघि अर्थतन्त्रको वृद्धिदर पनि राम्रै भएपनि हामीले त्यसलाई निरन्तरता दिन नसकेको ढकालले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी