×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेनजी प्रदर्शनले भाटभटेनी सुपर स्टोरमा करिब ११ अर्बको क्षति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जेनजी प्रदर्शनले भाटभटेनी सुपर स्टोरमा करिब ११ अर्बको क्षति

Artha Sarokar

८ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट भाटभटेनी सुपरस्टोरमा करिब ११ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । भाटभटेनीका २० वटा स्टोरमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँ बराबर क्षति भएको हो ।

भाटभटेनीका अनुसार बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्ण रुपमा जलेर ध्वस्त पारिएको छ । त्यस्तै, सो दिन भाटभटेनीका ९ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको भाटभटेनीले जनाएको छ ।

२१ वटा स्टोर जलेर पूर्ण रुपमा ध्वस्त हुँदा पनि भाटभटेनीले कुनै पनि कर्मचारीलाई कामबाट ननिकाल्ने बरु समयमा तलब र अन्य सेवासुविधासहित दशैँ बोनस पनि दिने घोषणा गरेको छ ।

भाटभटेनीका मालिक मिन बहादुर गुरुङ भाटभटेनीमा भएको क्षतिबारे प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराइसकेको छन् । उनले प्रधानमन्त्रीसँग राज्यलाई चाहिए आधा सम्पत्ति दिन तयार रहेको तर व्यवसाय पुनर्स्थापनाका लागि सुरक्षा दिन र सहयोग गर्न आग्रह गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी