काठमाडौँ । देशभर जेनजीहरुले बालेनलाई देश बचाउन आह्वान गरेका छन् । संसद विघठन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन थप चर्काएका जेनजीहरुले बालेनको नेतृत्व खोजिरहेका हुन् ।
सांसदहरूको सामूहिक राजीनामा गर्नुपर्ने, गोली हान्न आदेश दिने तथा हिंसक दमनमा संलग्न उच्च अधिकारीलाई तत्काल निलम्बन गर्नुपर्ने, आफूहरूले सिफारिस गर्ने व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन र अन्तरिम सरकार अन्तर्गत छिट्टै निर्वाचन गर्नुपर्ने लगायतका माग राखेका उनीहरुले आन्दोलन सफल भए बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारीसमेत गरेका छन् ।
सोमबारदेखि देशभर भएको आन्दोलनपछि राती कतिपय ठाउँमा मसाल जुलुससमेत निस्किएको थियो । सो जुलुसका क्रममा पनि धेरैले बालेनका पक्षमा नारा लगाएका थिए । यस्तै विदेशमा भएका शान्तिपूर्ण कार्यक्रममा पनि नेपालीहरुले बालेन शाहलाई नेतृत्वका लागि गुहारीरहेका छन् ।
सोसल मिडियामा त झन्, बालेनलाई अवको प्रधानमन्त्री बनाउनुपर्ने माग नै उठेको छ ।
जेनजीहरुको आन्दोलनमा एकै दिन १९ जना शहिद भएपछि ओली सरकारलाई दबाब परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्