Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै २५ सयले बढ्यो

अर्थ सरोकार

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २५ सय रुपैयाँमा बढेर प्रतितोला दुई लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर  प्रतितोला २४९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८० हजार ३ सय ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २१३५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK