Skip to content
LAXMI SUNRISE BANK

दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय

अर्थ सरोकार

काठमाडौँ । सरकारले दर्ता नहुने र दर्ताका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सञ्चार मन्त्रालयका अनुसार हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट दर्ता भइसकेको छन् । 

सरकारले दर्ता नभए बन्द गर्ने चेतावनी दिएपछि टेलिग्राम र ग्लोबल लिंक भने दर्ता हुन आएका छन् । तर, फेसबुक, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल भने दर्ता हुन समेत आएका छैनन् । 

सरकारले दर्ता हुन भन्दै दिएको म्याद बिहीबार मध्यरातीदेखि सकिएको छ । सो अवधिमा पनि दर्ता हुन नआएपछि सरकारले दर्ता हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK