काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकर र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका छन् । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र आन्दोलनका क्रममा भएको क्षतीका विषयमा छलफल गरेका हुन् ।
गभर्नर पौडेलले पछिल्लो घटनाक्रमका कारण परेको असरबारे बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेको थिए ।
छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्याकारी अधिकृत सन्तोष कोइराला, बैंकर्स संघका उपाध्यक्ष समेत रहेका ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठ, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव उपाध्याय लगाय उपस्थित थिए ।
यस्तै व्यवसायीहरूसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल चम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवाल, नेपाल उद्योग परिंघका अध्यक्ष विरेन्द्र पाण्डे सहभागि थिए । त्यस्तै उद्योग परिसंघका पूर्वअध्यक्ष सतिस मोर, चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मलहोत्रा, व्यवसायो प्रवलजंग पाण्डे लगायतका व्यवसायीहरु रहेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्