काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै शाहीले सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् ।
उनले फेसबुक, युट्युब, गुगल लगायतका सामाजिक सञ्जाल बन्द गरे के चलाउने हो ? भन्दै सरकारलाई प्रश्नसमेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोध गर्दै यो निर्णय कुनै पनि हालतमा सही नभएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सो निर्णय फिर्ता लिन माग गरेका छन् ।
सबै सामाजिक सञ्जाल बन्द गरिरहँदा नेपालको आफ्नो कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म नभएको भन्दै उनले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्न निर्णय फिर्ता लिन आग्रह गरेका छन् । उनले सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर सरकारले लोकतन्त्र र प्रजातन्त्रको मजाक उडाएको समेत आरोप लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्