Skip to content
LAXMI SUNRISE BANK

कुलमान मन्त्री बनेपछि देशभर खुसियाली, सर्वसाधारण भन्छन्- ‘अब झ्याप झ्याप जाने छैन बत्ती !’

अर्थ सरोकार

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएसँगै देशभर खुसियाली देखिएको छ । ‘लाइट म्यान’ भनेर चिनिने कुलमानलाई नै सरकारले उर्जामन्त्री नियुक्त भएपछि नागरिक खुसी भएका हुन् । 

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आइतबार साँझ घिसिङलाई उर्जामन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको हो । 

कुलमानलाई उर्जामन्त्री बनाउने सरकारको निर्णयको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकसमेत बनिसकेका कुलमान उर्जामन्त्री बन्दा उर्जामन्त्रीको पदलाई नै न्याय भएको नागरिकहरुले बताएका छन् । 

‘कुलमान उर्जामन्त्री बन्नुपर्ने मान्छे हो । उहाँ सो पदका लागि सक्षम हुनुहुन्छ ।’, एक सर्वसाधारणले भने, ‘अब झ्याप झ्याप बत्ती नजाने भयो ।’

यता उर्जामन्त्रीमा कुलमान नियुक्त भएसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने राजिनामा दिने तयारी गरेको उनी निकट स्रोतले दाबी गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK