×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत प्राधिकरणबाट हटाइएका हितेन्द्रको मासिक तलव अझै झण्डै ३ लाख, सरुवा ‘निल्नु न ओकल्नु !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विद्युत प्राधिकरणबाट हटाइएका हितेन्द्रको मासिक तलव अझै झण्डै ३ लाख, सरुवा ‘निल्नु न ओकल्नु !’

Artha Sarokar

७ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । विद्युत प्राधिकरणबाट हटाइएका शाक्यलाई मासिक दुई लाख ९४ हजार ९२० रुपैयाँ तलव सुविधा सुनिश्चित गरेर सरकारले जल तथा ऊर्जा आयोगमा सरुवा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले आयोगमा विशिष्ट श्रेणी पद कायम गरेर उनको सरुवा गरेको हो । अहिले शाक्यलाई सरुवा ‘निल्नु न ओकल्नु’ भएको छ ।

शाक्यको सरुवापछि प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाल नियुक्त भएका छन् ।

गत ११ चैतको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर नियुक्ति भएकाले सुरुवातदेखि शाक्य विवादमा थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी