काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै अर्यालले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षा निकायको कर्मचारीको सम्मान स्वरुप राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् ।
त्यस्तै, उनले मृतकहरुको परिवारलाई काजकिरिया वापत प्रति मृतक रु एक लाख उपलब्ध गराउने र परिवारको सदस्यहरुको आग्रह अनुसार शवहरुको व्यवस्थापनको लागि निःशुल्क सवारी साधन एवम् दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने बताएका छन् ।
उनले अब पुरानै परपाटीबाट सोचेर काम गर्न नहुने भन्दै अहिलेको अवस्थालाई सुधार गर्न राज्यको मात्र होइन सबैको व्यवहार र आचरणको पनि पुनसंरचना गरेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘हामीले पूरानै परपाटीबाट सोचेर हुदैँन् । अहिले जुन विद्रोह भयो त्यो विद्रोहले कतिपय संस्थाहरुमा विनाश पनि गरेको छ । यसलाई सुधार गर्नुपर्छ र राज्यको मात्र होइन हाम्रो व्यवहार र आचरणको पनि पुनसंरचना गरेर अगाडि बढ्नु पर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्