Skip to content
LAXMI SUNRISE BANK

दशैँ बिदाभर अध्यागमन विभाग खुल्ने, टिकाको दिन मात्र बन्द

अर्थ सरोकार

काठमाडौँ । अध्यागमन विभाग दशैँभर खुल्ने भएको छ । विभागको सेवा दशैँको टिकाको दिनबाहेक अरु सबै दिन खुला रहनेछ ।

दशैँको सार्वजनिक बिदाको दिन पनि विभागले सेवा जारी राख्ने जनाएको छ । तर, टिकाको दिन (असोज १६ गते) भने सेवा बन्द रहनेछ । 

यसो त फूलपातीको दिनदेखि नै सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिने गरिन्छ तर अध्यागमन विभागमा टिकाको दिनबाहेक अरु सबै दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला रहने विभागको भनाई छ 

विभागका अनुसार सार्वजनिक बिदाको दिन पनि बिहान ११ बजेदेखि १ बजेसम्म पर्यटक भिसा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK