काठमाडौँ । शुक्रबार बिहानदेखि देशभर इन्टरनेटको गुणस्तर घटेको पाइएको हो ।
आईटीका जानकारहरु यसरी भीपीएनको प्रयोग बढेपछि इन्टरनेटको गुणस्तर स्वात्तै घट्नु सामान्य रहेको बताउँछन् । ’सोसल मिडियालाई ब्याण्ड गरेपछि इन्टरनेटको गुणस्तर घट्नु सामान्य हो । सरकारले दीर्घकालीन रुपमा नसोची काम गर्यो । जे भयो, गलत भयो । पैसा तिरे अनुसारको इन्टरनेट नपाउँदा ग्राहकमाथि धोका भएको छ ।’ आईटी विज्ञ सुजन केसीले अर्थ सरोकारसँग भने, ’सरकार उल्टो बाटो हिंड्यो ।’
विहानैदेखि वल्र्ड लिंक, भायानेट, क्लासिकटेक लगायतका विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले दिने इन्टरनेटसेवाको गुणस्तर घटेको छ । देशभर इन्टरनेट स्लो चलेको गुनासाहरु आउन थालेका छन् ।
सरकारले सूचीकरणका लागि आउन सामाजिक संजालहरुलाई आग्रह गरेको थियो । तर फेसबुक, युट्युब लगायतका सामाजिक संजालहरु सूचीकरणका लागि नआएपछि सरकारले अन्ततः त्यस्ता सामाजिक सञ्जाल बन्द गराउने निर्णय गरको छ ।
संचार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार अहिलेसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो मात्रै सूचीकृत भएका छन् । त्यस्तै टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको उनले जानकारी दिए । उनका अनुसार सरकारले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मि वी, भिके, लाइन, इमो, जालो, सोल, र हाम्रो पात्रो रहेका छन् ।
सरकारले मन्त्रीहरुलाई अमेरिकाले भिसा नदिने डरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संचालन गरेको ट्रुथ सोसल भने बन्द गरेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्